Tag Archives: अष्ट्रेलिया

कलेज र कोर्ष चेन्ज: करिअरलाई दिनुस जोड

Student Changing Course in Australia 1

यूनि तथा कोर्ष चेन्ज गर्ने क्रममा कहिले काहीँ विद्यार्थीले सस्तो कोर्ष पढ्ने नाममा गलत छनौट गर्न पुग्छन् जसका कारण उनिहरूको भिजा समेत क्यान्सिल समेत हुनपुग्छ नेपालमा जति आकर्षण हुन्छ अष्ट्रेलियाको त्यो भन्दा बढी चासो हुन्छ भिजा लाग्छ कि लाग्दैन। अनि आफुले चिनेका को को कुन कुन एजुकेशन कन्सल्टेन्सीबाट अप्लाई गरेर गएका हुन् त्यसको सोधी खोजी हुन्छ। अष्ट्रेलियाको स्टुडेन्ट भिजामा आफ्नो संभावना देखेपछी अनेकन कागजी प्रक्रिया पुरयाएर कन्सल्टेन्सीले सुझाएको विषय र विश्वविद्यालयमा भर्ना भई भिजा अप्लाईको चरणमा पुगिन्छ। भिजा पाएको सूचना जतिको स्वर्गिय आनन्द त केही हुँदैन त्यतीबेला। तर अष्ट्रेलिया आएपछी थाहा हुन्छ साथिभाई आफन्तका फेसबुकमा अपलोड गरिएका सुन्दर तस्वीर र ...

Read More »

सस्तो मोबाईल प्लान, १० डलरमा १ जिबी डाटा अनलिमिटेड कल

Kogan Cheaper PRepaid Mobile copy

अष्ट्रेलिया आएपछी पैसा कमाउनमा जोड भएपनि जोगाउनमा हामी खासै ध्यान नै दिँदैनौं। सित्तैमा हुने भिजा अप्लाई गर्न समेत २५० देखी ७५० सम्म खर्च गर्छौं किनकी हामीलाई त्यसमा लाग्ने समय नै छैन। सिफ्टको मुस्किलले हुने २०० डलरकै पछी लाग्नमा हतार हुन्छ र सानो कामको लागी दुई देखी तिन दिनको कमाई फाल्छौं। मोबाईल लिने भनेपछी हामी धेरैले ‘भोडाफोन’को प्लानमा आईफोन समातिहाल्छौं। पहिले पहिले आएका नेपालीहरुले भोडाफोन लिएको अनि सुरूसुरूमा भोडाफोन टु भोडाफोन फोन गरेको पैसा नलाग्ने अनि आईफोन पनि हुने भएकाले पनि हुन सक्छ धेरै नेपालीहरुले भोडाफोन नै लिने। त्यसो त भोडाफोनको प्याकेजमा मिल्ने क्रेडिटले नेपाल फोन गर्दा प्याकेजको तिर्नुपर्ने मासिक शुल्क ...

Read More »

सिड्नीमा चल्छन् चन्द्रमा घुमेर आए जस्ता बस

Sydney Buses Parramatta

पश्चिमा मुलुकमा जस्तो तथ्यांक, अनुसन्धान, तर्क र कानुनमा चल्ने भएको भए नेपालमा सार्वजिनक यातायात र दुर्घटनाको कारण ज्यान गुमाउनेको संख्या निक्कै कम हुन्थ्यो। धेरै जनाको ज्यान जाने गरि दुर्घटना भएका समयमा मिडियामा सार्वजनिक सवारीहरूको अवस्था, नियम, सिण्डीकेट आदी इत्यादी विषयमा समाचार, विश्लेषण अनि आलेखहरू आउँछन्। नेता, मन्त्री, सम्बन्धित नियामक तथा सरकारी कार्यालयका कर्मचारी ‘बाईट’ दिन्छन् र सबै कुरा ‘डिमेन्सिया’ लागेको जस्तो विस्मृतीमा जान्छ अर्को ठूलो दुर्घटना नहुन्जेलका लागी। न त राज्यको ‘मेमोरी’ छ न समाजको ‘मेमोरी’ भनिने मिडियाको नै। नेताहरू हाकै भन्छन् ‘जोगी हुन राजनीतिमा लागेको होईन!’ यति भएपछी सबै स्पष्टै छ ‘सक्किगोनी’। सार्वजनिक यातायातमा पुराना बस हटाउने चर्चा नेपालमा ...

Read More »

भाँडा हान्ने पलायनवादी भन्नेलाई अष्ट्रेलियाको जवाफ

Nepali Student in Australia

‘अंगुर अमिलो’ भने झैं अमेरिका, जापान, अष्ट्रेलिया लगायत युरोपेली मुलुक जान नसकेका र मध्यपूर्वका मुलुक जान नचाहेका अधिकांशले सामाजिक, जिवनशैली वा राजनीतिक विषयमा विदेशमा रहेका नेपालीले गर्ने टिप्पणीमा ‘पलायनवादी’, ‘भाँडा माझ्ने’, ’घण्टा हान्ने’ जस्ता शब्दहरू प्रयोग गरेर फेसबुक, ट्वीटर जस्ता सामजिक संजाल खुबै उल्ली-बिल्ली गर्छन्। अष्ट्रेलिया या अमेरिकामा भएकाहरूले चाहीँ यस्ता विषयमा आफूलाई सुरक्षित र रक्षात्मक राख्दै प्रसंगहरू मोडिरहेका हुन्छन्। नेपालको आर्थिक अवस्था र भौतिक सुविधाको अवस्था बारे हामी सबै जानकार नै छौं, सबै राम्रो हुँदो हो त ‘नत्र कसलाई रहर हुन्छ घर छाडेर जाने….गाउँ छाडेर जाने… अनि देशै छाडि जाने….’ बोलको गीत नै नबन्दो हो। चाहे अष्ट्रेलिया होस् या ...

Read More »

बुझेर मात्र आउनुस अष्ट्रेलिया

Sydney Opera House

फेसबुकमा अपलोड गरिएका सुन्दर पृष्ठभूमिमा खिचिएका तस्वीर अनि गाडी र आकर्षक जिवनशैली। नेपालमा नै केही गरेर बस्नेहरूलाई साथीभाईले अष्ट्रेलियामा जिएको जिन्दगी साँच्चिकै स्वर्गिय नै लाग्छ। फेसबुकको फेसन र अष्ट्रेलियाको हाईफाई जिवनशैली नै नेपालमा हुँदाखाँदाको जागिर र व्यवसाय छोडेर अष्ट्रेलिया हान्निनको लागी पर्याप्त तापमान श्रृजना गर्ने ‘उत्प्रेरक’का रूपमा काफी छ। अष्ट्रेलियाको ‘फिभर’ यस्तो छ कि नेपालमा छोराछोरी यता पठाउन सकेन भने त बाबुआमालाई ‘सोसाइटी’मा नै नपर्ने डर समेत हुने भईसक्यो। छिमेकी अनि नातेदारका छोराछोरीले अष्ट्रेलिया गएर काठमाडौं वा देशका अन्य शहरमा घर किनेको बाबु आमाको लागी गर-गहना अनि गाडी जोडेको कुराहरू ‘एककान दुईकान मैदान’ हुने भएपछी अलिक हुनेखाने (२०-२५ लाख लगानी ...

Read More »

काममा कम पैसा ! हिसाब र गुनासो दुवै गर्नुस्

Farm Work Australia

‘श्रम शोषण’ नेपाल मात्र होईन तेस्रो विश्वको आम समस्या हो। नेपाल र नेपाल जस्तै अतिकम विकसित मुलुकहरूमा मालिकहरू श्रम शोषणलाई अधिकारको रूपमा नै लिने गरेको उदाहरण र अभ्यास दुवै देख्न सकिन्छ। नेपालमा श्रम शोषणको अवस्था यस्तो छ कि समाजको आँखा अनि राज्यको चौथो अंग भनेर गमक्क पर्ने पत्रकारहरूले नै कार्यालयबाट महिनाभर काम गरेको तलब पाउने अवस्था छैन। रेडियो र टिभीको कुरा नै छोडौं दैनिक पत्रिकाहरूमा काम गर्ने पत्रकारहरू सारै नै थोरै तलबमा काम गरिरहेका छन्। ईमेज च्यानल, एभिन्युज टिभी, न्युज ट्वान्टीफोरको तलबको विषयमा त देशभर नै बहस भएको थियो सार्वजनिक मंचमा। पछिल्लो समय सरकारले श्रमजिवि पत्रकारको न्युनतम तलबमान लागु गराउन कडा ...

Read More »

अष्ट्रेलियामा ६० हजारको भिजा रद्द

Australia Visa Cancell

अष्ट्रेलियाले विभिन्न मुलुकबाट आएका ६० हजारको भिजा रद्द गरेको यहाँको अध्यागमन तथा सीमा सुरक्षा विभागले जनाएको छ। यो संख्या अार्थिक वर्ष २०१५-२०१६ को हो। विभिन्न देशबाट फरक फरक भिजामा अष्ट्रेलिया आएकाहरूको यति धेरै संख्यामा भिजा रद्द हुनुको कारण भने फरक फरक रहेको जनाएको छ। भिजा रद्द हुने मध्ये ठूलो संख्यामा अष्ट्रेलियामा भिजामा उल्लेख भएको समय भन्दा बढी समय यहाँ रहेका(ओभर स्टे)हरू रहेका छन्। भिजामा अनुमति मिलेको समय भन्दा बढी बसेको कारण रद्द हुनेहरूको संख्या १५ हजार रहेको छ। यी मध्ये अधिकांश आफैले विभागमा सम्पर्क गरेका हुन्। अष्ट्रेलियाको अध्यागमन तथा सीमा सुरक्षा विभाग (डिपार्टमेन्ट अफ ईमिग्रेसन एण्ड बोर्डर प्रोटेक्सन) सेक्रेटरी माईकल पेज्जोलो ले १७ अक्टोबर २०१६ मा यहाँको सिनेटको कानुन तथा संवैधानिक मामला सम्बन्धी कमिटीलाई जानकारी दिने क्रममा भिजा रद्दबारेको यो तथ्यांक सार्वजनिक भएको हो। यही समयावधीमा विभागले गैरकानुनी कामदारबारे ४०० भन्दा बढी चेतावनी जारी गरिसकेको जनाएको छ।

Read More »

क्यानबेराका फूलहरू !

#Floriade2016 spring celebration at CanberraDSC08986

पुष्पाणि सुन्दराणि इति जनैः मन्यन्ते। तेषां सुगन्धं जनानां चित्तम् आह्लादयति। अतः एव ते उपवनेषु पुष्पाणि निरोपयन्ति। ललनाः पुष्पाणि स्वकेशेषु धारयन्ति। भक्ताः देवेभ्यः पुष्पाणि अर्पयन्ति। जनाः पुष्पाणि पुष्पधानीषु स्थापयित्वा स्वगृहाणि भूषयन्ति। स्पष्ट नबुझेपनि फूलको बारेमा फूलको उपयोग केका लागी गरिने रहेछ भन्ने त पक्कै लख काट्नुभयो होला। संस्कृतमा भनिएको कुरा उही हो जुन हामी दैनिक गरिरहेका हुन्छौं। फूल सुन्दरताको उपमा त हुँदै हो यसको सुगन्धले चित्त आल्हादित पनि हुन्छ घरको आभुषण भनेको नै फूल हो अनि यसको मुख्य प्रयोजन भनेको चैं भगवानलाई अर्पण नै हो। त्यसै गीत गाएका हुन् ‘फूल भए जिन्दगी देउतालाई चढाईदिन्थें…..कागज भए जिन्दगी सलाई कोरी जलाईदिन्थें…’। हाम्रो भावना, ...

Read More »

आउनुस्, अष्ट्रेलियाको नेपाली साहित्य र पत्रकारिताबारे बहस गरौं

Interaction on Nepali Literature and Journalismin Diaspora

नेपाली जहाँ जहाँ छन्, नेपाल त्यहीँ त्यहीँ छ। नेपालको भूपरिवेष्ठित भूगोल भन्दा टाढा नेपालीका बस्तीहरुमा एउटा सानो नेपाल स्थापित भएको छ। पहिचान भन्नुस् या भावना या भन्नुस संस्कृती, भाषा, कला अनि बानी। ‘नानी देखी लागेको…’ले गर्दा विश्वको हरेक कुनामा सानो नेपाल स्थापित नै भएको छ। ठ्याक्कै नेपाल जस्तै राजनीतिक, सामाजिक अनि आर्थिक सबै खालका गतिविधि उस्तै। समाजसेवी भनेर उभिने देखी फलानो दलको चिलानो नेता भनेर गनिने सम्म। यूरोप, अमेरिका, अष्ट्रेलिया जस्ता बिलकुलै फरक वातावरण र परिवेशमा पनि नेपालको जस्तै क्षमता छोडेर, जात, लिंग, वर्णका कुरा। यति धेरै समानता भएको ठाउँमा साहित्य र पत्रकारिताको नेपाली ‘ट्रेण्ड’ले यताको समुदायलाई नछुने कुरै भएन। ...

Read More »

नझुक्किनुस वाइवाइमा…

Wai Wai noodles1

‘हुलास चामल अमेरिकामा पनि…’ कलाकार सन्तोष पन्तले यसरी टेलिभिजन विज्ञापनमा बोल्दा ल सियो बन्दैन भनेको देशको चामल अमेरिका सम्म पुग्ने भएछ भनेर सानोमा कम्ता खुसी लाग्थेन। जब ठूलो भएर बुझ्ने भइयो थाहा भयो हामी नेपालीले कृषि प्रधान देश भनेर पढे पनि चामल चाहिँ भारतबाट आयात गरेर नै खाने रहेछौं। अझ थाहा भयो २०४६ सालमा प्रजातन्त्र आएपछी गणतन्त्र आउने समय सम्ममा तीन हजार भन्दा धेरै नेपाली उद्योग कलकारखाना बन्द भएका रहेछन्। नुन देखी सुन, चामल देखी घुन सबै विदेशबाट ल्याउन पर्ने परनिर्भर परजिवी भएका रहेछौं प्रजातान्त्रिक अधिकारले सुसज्जित टाउकामा जनही ४० हजार भन्दा बढीको अन्तर्राष्ट्रिय ऋण बोकेर। सानोमा सानिमाको घर नारायणगढ ...

Read More »
Loading...