यो शब्दले सूचना बाहक भन्ने जनाउँछ। यद्यपी धेरैलाई व्यक्ति वा समुदाय विशेषको थरका रुपमा मात्र यो शब्द ज्ञान भएको हुनसक्छ।
पछिल्लो समयमा शहर तथा गाउँमा पनि सूचना प्रशारणका लागि आधुनिक आमसञ्चारका माध्यमको पहुँच बढेकाले सूचना प्रशारका लागि प्रथाको रुपमा विकास गरिएको कटुवाल अहिले विरलै रुपमा अभ्यासमा पाउन सकिन्छ। देशका केही ग्रामिण क्षेत्रमा भने यसको अभ्यास आज पनि पाउन सकिन्छ।
वास्तवमा कटुवाल प्रथाका रुपमा रहेको सूचना प्रणाली हो । साथै यो एक व्यक्तिलाई जनाउने शब्द पनि हो जसले सूचना सुनाउँछ ।
नेपाली बृहत् शब्दकोशले कटुवाललार्इ यसरी अर्थ लगाएको छ :
कटुवाल — ना० [सं० कोट्टपाल] १. पहिलको पहाडी मौजामा सरकारी उर्दी कुर्लेर जनतालाई सुनाउने व्यक्ति । २. शाहकालीन जिल्लाप्रशासनको लगभग मुखियासरहको एक पद । ३. गाउँघरमा उर्दीपुर्दी सुनाउने कामको निम्ति राखिएको, प्रायः गैरसरकारी कर्मचारी । ४. क्षत्री तथा पावैहरूको एक थर ।
कटुवाल, आमसञ्चारको यो युगमा एक वैकल्पिक माध्यम हो। सेटेलाइट र इन्टरनेटको युगमा आमसञ्चारको क्षेत्रमा निक्कै परिवर्तन आएको छ। जसले गर्दा आमसञ्चार माध्यममा मूलधार र वैकल्पिक भनेर विभाजन गरिएका सबै खालका मिडिया यी दुर्इ प्रविधि अर्न्तगत नै छन्। कर्पोरेट गर्भनेन्स र औपचारिक ठूलो संगठन विहिन वैकल्पिक माध्यमका रुपमा आमसञ्चारको क्षेत्रमा सक्रिय रहनका लागि नेपाली रैथाने सञ्चार प्रणालीको नामलाई नै आफ्नो नामका रुपमा लिएका छौं, कटुवाल।