यसकारण महत्वपूर्ण छ ‘डेलाइट सेभिङ’

पक्कै पनि घडीको समय मिलाईसक्नु भयो। आज अप्रिल ३ गते आईतबार विहानबाट अष्ट्रेलियाका राज्यहरू न्यूसाउथवेल्स, भिक्टोरिया, तासमानिया, साउथ अष्ट्रेलिया र अष्ट्रेलियन क्यापिटल टेरिटरीमा विहानबाट ‘डेलाइट सेभिङ टाइम’ समाप्त भएको छ। आज विहान ३ बजे घडिको घण्टा सुई फेरी दुईमा लैजानुपर्थ्यो। घरमा घडी भएकाले हिजो सुत्नु अघि वा आज उठेपछी समय मिलाउनु नै भयो होला। कसैले मिलाउन विर्सेको भए आज त पक्कै मिलाउनु हुन्छ किनभने भोली सोमबार देखी काममा जानु छ अनि मोबाईलमा समय १ घण्टा अघि भइसक्यो।

अष्ट्रेलिया लगायत विश्वका कतिपय मुलुकले हरेक वर्ष डेलाइट सेभिङ टाईम भनेर केही मिनेट वा घण्टा घडीको समयलाई एडजस्ट गर्छन्। किनभने ती देश र भूभागमा घाम छिटो वा ढीलो उदाउँछ। अष्ट्रेलियामा आज घडीको समय मिलाउनु भयो भनेसी यसको मतलब हो आजबाट घाम यी राज्यमा १ घण्टा जतिसमय छिटो लाग्छ। खासमा यो घामसँगै समय मिलाउने काम सुरू भएको धेरै लामो समय भइसकेको छ। यससँग देशको अर्थतन्त्र, मानिसको काम गर्ने क्षमता साथै तपाईं हाम्रो स्वास्थ्य समेत जोडिएको छ। आखिर किन सुरू भयो त यो परम्परा हेर्नुस यो भिडियोमा

डेलाइट सेभिङ

लेखक : मदनमणि

अष्ट्रेलियाको सिड्नीमा बस्ने मदनमणि फेडरेसन यूनिभर्सिटीबाट सफ्टवेयर ईन्जिनियरिङमा स्नातकोत्तर हुन्। त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसंचारमा स्नातकोत्तर उनी कर्टिन युनिभर्सिटी अष्ट्रेलियाको 'प्रोजेक्ट म्यानेजमेन्ट' स्नातकोत्तर कक्षामा समेत थिए। उनीसँग नेपालमा मिडिया अध्यापन, फोटोग्राफी र पत्रकारिता गरेको अनुभव छ। अष्ट्रेलिया आउनु अघि उनी अन्नपूर्ण पोष्ट दैनिकमा आबद्ध थिए।
Loading...