अष्ट्रेलिया अध्ययन, माईग्रेसन तथा रोजगारीका विषयमा थप नयाँ अपडेटका लागी अष्ट्रेलियाको नेपाली समुदाय लक्षित नेपालीपेज हेर्नुहोला !! (यहाँ क्लिक गर्नुस्)

अष्ट्रेलियामा धेरै माग भएका ५ कामदार

अष्ट्रेलियालाई अवसरको राजधानीको रूपमा लिइन्छ विकासशील मुलुकहरूमा। त्यसैले अतिकम विकसित देखी विकासोन्मुख र विकासशील देशका शिक्षित जनशक्ति अष्ट्रेलिया ओइरिने क्रम बढ्दो छ। विशेष गरेर अष्ट्रेलियाको सुखद र आनन्दको जिवनले अरू देशका मानिसलाई यहाँ आउनको लागी उत्प्रेरित गर्दछ। यहाँको सार्वजनिक सेवा, यातायातको सुविधा, स्वास्थ्य, शिक्षा र करिअर सम्भावनाका कारण मानिसहरू अष्ट्रेलियालाई माइग्रेसनको सबैभन्दा उत्तम बिकल्पको रूपमा लिन्छन्। यही कारण नै संयुक्त राष्ट्र संघले अष्ट्रेलियालाई बस्नको लागि विश्वकै दोश्रो उत्तम मुलुकको रूपमा राखेको छ।

विधिको शासन साथै अवसर र सुविधाले अष्ट्रेलियालाई जिवन यापनको लागी एउटा सुखद अवसरको भूमि बनाएको छ। धेरै नेपालीहरू विद्यार्थी तथा दक्ष आप्रवासीका रूपमा वर्षेनी अष्ट्रेलिया आउने गर्दछन्। अष्ट्रेलियाले दक्ष कामदारका रूपमा पनि धेरै विदेशीलाई ४५७ भिजाको माध्यमबाट यहाँ ल्याउने गर्दछ। यो ४५७ भिजा अष्ट्रेलियामा कामदारका रूपमा छिरेर यहाँको स्थायी बसोबासका लागी पीआर अर्थात परमानेन्ट रेसिडेन्सी पाउने एउटा बाटो हो। अष्ट्रेलियाको संघिय सरकारले हरेक वर्ष यो ४५७ भिजाको माध्यमबाट ५० हजार विदेशी कामदारलाई अष्ट्रेलिया आउने अनुमति दिन्छ। यसखालको भिजामा भारतीय र चाइनिज धेरै आउने गरेको पाईन्छ भने सानो संख्यामा नेपालीहरू पनि कामदार भिजामा नेपालबाट आउने गर्दछन्।

यो ४५७ भिजामा अष्ट्रेलिया आउनका लागी सम्बन्धित काममा दक्ष हुनुपर्छ भने अंग्रेजी भाषाको दक्षता पनि आवश्यक हुन्छ। पछिल्लो अध्यागमन तथ्यांक अनुसार ४५७ भिजामा कामदारको माग भएका र कामदार ल्याइएका ५ पेशा तथा काम यी हुन्।

यहाँ क्लिक गरेर अष्ट्रेलियामा कामका बारेमा थप जान्नुहोस् 

अष्ट्रेलियामा धेरै माग भएका ५ कामदार

१. डेभेलोपर प्रोग्रामर

अष्ट्रेलियामा धेरै माग भएका ५ पेशा

२. सेफ

अष्ट्रेलियामा धेरै माग भएका ५ पेशा

३. क्याफे तथा रेष्टुरेन्ट म्यानेजर

अष्ट्रेलियामा धेरै माग भएका ५ पेशा
Image: Flickr/@icandidyou

४. मार्केटिङ विशेषज्ञ

अष्ट्रेलियामा धेरै माग भएका ५ पेशा
Image: legalandclaims.co.uk

५. आइसीटी बिजनेस एनालिष्ट

अष्ट्रेलियामा धेरै माग भएका ५ पेशा
Image: hanze.nl

लेखक : मदनमणि

अष्ट्रेलियाको सिड्नीमा बस्ने मदनमणि फेडरेसन यूनिभर्सिटीबाट सफ्टवेयर ईन्जिनियरिङमा स्नातकोत्तर हुन्। त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसंचारमा स्नातकोत्तर उनी कर्टिन युनिभर्सिटी अष्ट्रेलियाको 'प्रोजेक्ट म्यानेजमेन्ट' स्नातकोत्तर कक्षामा समेत थिए। उनीसँग नेपालमा मिडिया अध्यापन, फोटोग्राफी र पत्रकारिता गरेको अनुभव छ। अष्ट्रेलिया आउनु अघि उनी अन्नपूर्ण पोष्ट दैनिकमा आबद्ध थिए।
Loading...