
यतिखेर काठमाडौं र देशका प्रमुख शहरहरूमा अष्ट्रेलिया विद्यार्थी पठाउने कन्सल्टेन्सीको संख्या यसरी बढिरहेको छ कि हरेक चार तले घरको एउटा तलामा कन्सल्टेन्सीको अफिस छ। यसरी संख्यामा भएको बढोत्तरीले सृजना गरेको सकारात्मक छनौटको अवसर पनि दिएको छ। त्यसो त अष्ट्रेलिया जान चाहनेको भिडलाई प्रयोग गरेर छिटो पैसा कमाउँ भन्नेहरू पनि कम छैनन् वैदेशिक शिक्षा परामर्शको क्षेत्रमा। त्यसैले अष्ट्रेलिया अध्ययनका लागी आउने सोच बनाएकाहरूले सबैभन्दा पहिले आफ्नो क्षमता, अष्ट्रेलियाको आवस्यकता र वास्तविकता ’bout बुझ्नु अनिवार्य हुन्छ। जसले अष्ट्रेलिया आउनेक्रममा ठगिने, बढी खर्च हुने, गलत निर्णय लिने तथा अष्ट्रेलिया आइसकेपछी पछुतो लाग्ने, धेरै संघर्ष र दुख गर्न पर्ने हुन पनि सक्छ। त्यसैले कन्सल्टेन्सीहरूको भिडमा अष्ट्रेलिया आउन चाहनेले सही कन्सल्टेन्सीको छनौट गर्नु पनि आवश्यक हुन्छ।
मेरो अनुभवमा अष्ट्रेलिया एप्लाइ गर्नको लागी नेपालमा रहेको कुन कन्सल्टेन्सीलाई छनौट गर्ने भन्नेमा सबै भन्दा महत्व पूर्ण कुरा कन्सल्टेन्टले कस्तो सल्लाह दिन्छ र उसको अष्ट्रेलिया अध्ययन र यहाँको पीआर पाउनको लागी पाथवे के छ भन्ने सबैभन्दा महत्वको हुन्छ। त्यसैले अष्ट्रेलिया आउन चाहने विद्यार्थी र तीनका अभिभावकले सुरूमै उनिहरूले विद्यार्थी पठाउने यूनिभर्सिटी, सिफारिस गरेको कोर्स र त्यो कोर्स पढेर सक्न लाग्ने समय पीआर पाउनको लागी पुरा गर्नुपर्ने प्रक्रियाहरूमा ध्यान दिनुपर्छ। जसले बताएको प्रक्रिया छोटो, कम खर्चिलो र सरल छ त्यसैलाई फलो गर्दा फाईदा नै छ।
अष्ट्रेलिया अध्ययनका लागी आउने क्रममा यदी तपाईं राम्रो कन्सल्टेन्सी वा परामर्शदाताकोमा पुग्नु भएको रहेछ भने उसको सल्लाहले तपाईंलाई सजिलै अष्ट्रेलियामा सेटल हुने बाटो देखाउँछ। तर गलत परेको खण्डमा चैं तपाईं अष्ट्रेलिया आएको ५-६ महिनामा नै नेपालबाट १०-१५ लाख तिरेर आएको कोर्ष र युनिभर्सिटीलाई यहाँ कमाएको अर्को १०-१२ हजार डलर फि (दुवै गरेर करिब २०-२५ लाख नेपाली) तिरेर फेरी अर्को विषय पढ्न सुरू गर्नुपर्छ। यो अवस्था भनेको नेपालबाट आउँदाको अवस्थामा झैं अर्को कोर्षका लागी नयाँ कलेज वा युनिभर्सिटीलाई १०-१२ हजार डलर तिरेर नयाँ प्रक्रियामा जाने अवस्था हो। यदी तपाईं यो अवस्थामा पुग्नुभयो भने अष्ट्रेलियामा निक्कै तनाव, प्रेसरमा पर्नुहुन्छ। यस्तो अवस्था पार गर्न नेपालबाट फेरी १०-१५ लाख मगाउन पर्ने पनि हुनसक्छ। नेपालबाट एक्लै आएकाका लागि यो अवस्था म्यानेज गर्नै नसक्ने पनि हुनसक्छ। यस्तै प्रेसरकै कारण हो सिड्नी र अष्ट्रेलियाका विभिन्न शहरमा नेपाली विद्यार्थीले आत्महत्या गरेको समाचार सुन्नु परेको। त्यसैले अष्ट्रेलिया अध्ययनका लागि आउन चाहने विद्यार्थी र अभिभावकले काठमाडौंमा राम्रोसँग बुझेको राम्रो हुन्छ।
कस्ता कन्सल्टेन्सी ठिक होलान् त !
यही कन्सल्टेन्सी ठीक हो र यो चैं गलत भनेर भन्नको लागी म पनि ब्रम्हा जी चैं हैन। र त्यसो गर्ने मेरो पनि हैसियत छैन तर मलाई लागेको कुरा यहाँ सेयर गर्छु, बाँकी र छुटेका कुराहरू तपाईंहरूसँग कमेन्टमा अन्तर्क्रिया गरौंला:
- सिधा कुरा गर्ने र तपाईंको योग्यता आर्थिक हैसियत बुझेर अष्ट्रेलिया आउनुको तपाईको लक्ष्य अनुसारको कोर्स र पाथवे देखाउने। (धेरै नेपाली विद्यार्थीको लक्ष्य अष्ट्रेलियामा सेटल हुने, पीआर पाउने भएकाले त्यसको लागी कम खर्च र झण्झटिलो बाटो देखाउने् तथा सल्लाह दिने)
- जुन कन्सल्टेन्सीको अष्ट्रेलियामा कार्यालय छ वा सिधा सम्पर्क छ। (’cause नेपालका हरेक शहरमा खुलेका मध्ये धेरै काठमाडौं कै ए, बी वा सी नामको कन्सल्टेन्सीको पनि फ्रेन्चाइज हुन सक्छ, हुन त धेरैलाई नराम्रो पनि लाग्ला यतिखेर नेपालमा एजुकेशन कन्सल्टेन्सी पनि मिडिल इस्ट कामदार पठाउने म्यानपावर नै भइसकेका छन् र शहर शहरमा एजेन्ट राखेका छन्)
- जुन कन्सल्टेन्सीबाट अष्ट्रेलिया आएका विद्यार्थीहरु यहाँ आएर कोर्ष र यूनिभर्सिटी चेन्ज गर्दैनन् त्यो कन्सल्टेन्सीलाई ठिक मान्न सकिन्छ। ’cause विद्यार्थीलाई उसले कोर्ष, फी साथै अष्ट्रेलियाको भविष्य ’boutमा ठिक सम्झाएको रहेछ भन्न सकिन्छ। नत्र यहाँ आएपछी महँगो फी र पीआरको सम्भावना नदेखेर विद्यार्थीले कोर्ष, युनिभर्सिटी दुवै परिवर्न गर्छ। त्यो क्रममा धेरै पैसा पनि खर्च हुन्छ।
- जसले तपाईंलाई अरू अप्सनका लागी पनि सुझाव दिन्छ। अरूसँग पनि बुझ्न भन्छ। (जस्तो की अरू कन्सल्टेन्सी, कोर्ष र युनिभर्सिटीका ’boutमा पनि बुझ्नुस न सस्तो वा मेरो भन्दा राम्रो अवसर पनि छ कि भन्ने खाले।) मसँग सुझाव लिन आएपछी मेरैबाट जाओस् जस्तो कोर्षमा भएनि हालिदिइ हाल्छु भन्ने खाले सोच नभएको।
- त्यो कन्सल्टेन्सी जसले अष्ट्रेलियाको अवसर मात्र देखाउँदैन चुनौती र यहाँ आएर गर्नुपर्ने काम र त्यसबाट भएको कमाईले धान्न सक्ने अवस्था ’bout पनि प्रष्ट पार्छ। (धेरैले अष्ट्रेलियाको अवसर यस्तो र उस्तो भनेर अलिक बढी नै दिन्छन्, त्यस्ता कतिपयले चैं अष्ट्रेलिया नै देखेका हुँदैनन्, अष्ट्रेलियामा टिक्न नसकेर नेपाल फर्कने नि हुन्छन कति त)
कन्सल्टेन्सी छनौट गर्दा शहर शहर डुलेर कार्यक्रम गर्ने, ठूला ठूला गफ गर्ने, ब्राण्ड र विग्यापनमा धेरै जोड दिनेको झाँसोमा पनि नआउनुस् त्यस्ताले काम ठिकै गरे पनि तपाईं ती कन्सल्टेन्सीको फोकसमा कहिले नि पर्नुहुन्न। जसले गर्दा पछि सहयोग र सपोर्ट खोज्दा केही मिल्दैन। सिड्नीको ठूलो भनेको नेपाली कार्यक्रम र पत्रिका सबैमा विग्यापन र प्रायोजन गर्ने एक कन्सल्टेन्सीको भुक्तभोगी म नै हुँ।