यूनि वा कोर्ष चेन्ज गर्ने सोच्दैहुनहुन्छ?

Loading...
यूनि वा कोर्ष चेन्ज गर्ने सोच्दैहुनहुन्छ?
धेरै नेपाली विद्यार्थीले अष्ट्रेलिया आएको ४ देखी ६ महिनामा नै अर्को कोर्ष तथा यूनि चेन्ज गर्ने गर्दछन्। फोटो: yuhakline.net

अष्ट्रेलिया स्टुडेन्ट भिजामा जाने भनेपछी नेपालमा हरेकको पहिलो काम हुन्छ कुन कन्सल्टेन्सीले भिजा दिलाउन सक्छ त्यसको खोजी। यस क्रममा धेरैले यो कुराको ख्याल गरेका हुँदैनन् कि कन्सल्टेन्सीले हैन कि उनीहरू आफैमा भएको क्षमता, छनौट र योजनाले हो। नेपालमा जसरी हुन्छ अष्ट्रेलिया जाने भन्ने सोच हुन्छ तर यहाँ आइसकेपछी भने नेपालमा हुँदा बनाएको सोचेको भन्दा परिस्थीती फरक हुन्छ। जसले गर्दा नेपाली विद्यार्थीहरू अष्ट्रेलिया आएको पाँच छ महिनामा नै कलेज, कोर्ष अनि यूनि चेन्ज गर्ने सोच र योजनामा हुन्छन्। पीआर र पढाईसँगै पैसाको ट्रयांगुलर स्टोरीले उनीहरूको नै स्टोरी परिवर्तन गरिदिन्छ। यसबारेमा हेर्नुस यो भिडियो प्रस्तुती:

 

यूनि तथा कोर्ष चेन्ज गर्ने क्रममा कहिले काहीँ विद्यार्थीले सस्तो कोर्ष पढ्ने नाममा गलत छनौट गर्न पुग्छन् जसका कारण उनिहरूको भिजा समेत क्यान्सिल हुनपुग्छ। त्यसैले नेपालबाट एप्लाई गर्दा खेरी नै अष्ट्रेेलियाको पीआर र बजारको माग अनुसारको विषय छनौट गर्नु उपयुक्त हुन्छ।

यदी अष्ट्रेलिया आईसक्नु भएको छ भने कोर्ष अनि यूनि चेन्ज गर्नु अघि निम्न विषयमा ध्यान दिनु अनिवार्य छ, अष्ट्रेलियामा विद्यार्थी भिजा जोगाएर कोर्ष र यूनि चेन्ज गर्न चाहनुहुन्छ भने यस्ता कुरामा ध्यान दिनुहोला:

कोर्ष र यूनि चेन्ज गर्नु अघि ध्यान दिनुपर्ने ४ कुरा

कोर्ष र यूनि चेन्ज गर्नु अघि सोच्नु र एजुकेशन एजेन्सीसँग सोध्नै पर्ने कुरा

लेखक : मदनमणि

अष्ट्रेलियाको सिड्नीमा बस्ने मदनमणि फेडरेसन यूनिभर्सिटीबाट सफ्टवेयर ईन्जिनियरिङमा स्नातकोत्तर हुन्। त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसंचारमा स्नातकोत्तर उनी कर्टिन युनिभर्सिटी अष्ट्रेलियाको 'प्रोजेक्ट म्यानेजमेन्ट' स्नातकोत्तर कक्षामा समेत थिए। उनीसँग नेपालमा मिडिया अध्यापन, फोटोग्राफी र पत्रकारिता गरेको अनुभव छ। अष्ट्रेलिया आउनु अघि उनी अन्नपूर्ण पोष्ट दैनिकमा आबद्ध थिए।
Loading...