देउवाको ८ सदस्यीय मन्त्रीमण्डल

oath_takingकाठमाडौं, जेठ २४ । प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार ८ सदस्यीय मन्त्रीमण्डलसँगै शपथ ग्रहण गरेका छन् । देउवा मन्त्रीमण्डलमा सदाबहादर उपप्रधानमन्त्री विजयकुमार गच्छदार र माओवादीका अर्का सदाबहार उपप्रधानमन्त्री कृष्णबहादुर महराका साथै गाेपालमान श्रेष्ठ पनि उपप्रधानमन्त्रीमै रहेका छन् ।

कांग्रेसका गोपालमान श्रेष्ठले शिक्षा, माओवादी केन्द्रका कृष्णबहादुर महराले परराष्ट्र र नेपाल लोकतान्त्रिक फोरमका विजयकुमार गच्छदारले स्थानीय विकास मन्त्रालय पाएका छन् । यसअघिका मन्त्रिपरिषदमा महरा उपप्रधान तथा अर्थमन्त्री थिए भने गच्छदार उपप्रधान र भाैतिक योजना मन्त्री थिए ।

शक्तिशाली मन्त्रालय मानिने अर्थमन्त्रालय प्रधानमन्त्री देउवाले आफ्ना विश्वासपात्र ज्ञानेन्द्र कार्कीलाई दिएका छन् भने अर्को शक्तिशाली गृहमन्त्रालय माओवादीका जनार्दन शर्माले पाएका छन्, शर्मा अघिल्लो मन्त्रिपरिषदमा ऊर्जामन्त्री थिए ।

मुश्लिम नेता फरमुल्ला मन्सुरलाइ श्रम तथा रोजगार मन्त्रालय दिइएको छ भने प्रभु साह विनाबिभागीय मन्त्री भएका छन् ।

यसअघि पाैडेल समूहका महेश आचार्यलाई अर्थमन्त्रालय दिने भनिए पनि देउवाले त्यो मन्त्रालय नदिएपछि रामचन्द्र पाैडेलसमेतका नेताहरू रुष्ट भएका छन ।

 

लेखक : GS

Loading...