प्रधानमन्त्रीमा देउवा

Deuba

काठमाडौं जेठ २३ । नेपालको ४० औं प्रधानमन्त्रीमा शेरबहादुर देउवा निर्वाचित भएका छन् । मंगलबार भएको प्रधानमन्त्रीको निर्वाचनमा एकल उम्मेदवार रहेका देउवा ३८८ मत पाएर प्रधानमन्त्री चयन भएका हुन् । माओवादी केन्द्र-कांग्रेस, लोकतान्त्रिक फोरमको संयुक्त गठबन्धनबाट देउवा प्रधानमन्त्री भएका हुन ।

सोही गठबन्धनका पुष्षकमल दाहालले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि दाहालकै प्रस्तावमा देउवा प्रधानमन्त्री भएका हुन् । एकल उम्मेदवार भए पनि उनका विपक्षमा १७० मत परेको थियो । व्यवस्थापिका संसदको विद्यमान ५९३ मतमध्ये प्रधानमन्त्री चयन हुन देउवालाइ केबल २९७ मत भए पुग्थ्यो । विपक्षी एमाले, मालेलगायतका दलले उम्मेदवार नै उठाएनन । ५५८ जना सांसदमात्र उपस्थित थिए ।
शेरबहादुर देउवा चाैथो पटक प्रधानमन्त्री भएका हुन् । संवैधानिक व्यवस्थाअनुसार देउवा माघ ७ गतेसम्ममात्र प्रधानमन्त्री हुनेछन् ।

लेखक : GS

Loading...