संसदमा नेताहरूका पँधेरे आरोप-पत्यारोप

काठमाडौँ, २३ जेठ । प्रधानमन्त्री चयनका लागि मंगलबार बसेको संसद बैठकमा तीन ठूला पार्टीका मुख्य नेताले संसदीय मर्यादा र शिष्टाचारको धज्जी उडाएका छन् । मंगलबारको बैठकमा शेरबहादुर प्रधानमन्त्री चयन हुनु अघि एमाले अध्यक्ष केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बोलेका थिए ।prachandadeubaoli

तर, तीनै जना नेताहरूले अधिकांस समय एकअर्कालाई अारोप, पत्यारोप लगाउनमै बिताए । सुरुमा करिब एक घण्टा लामो सम्बोधन गरेका एमाले अध्यक्ष केपी ओलीले वर्तमान सत्ता गठबन्धनप्रति आरोप लगाए । उनले प्रमुख प्रतिपक्षीका रूपमा लगाएको आरोपलाई प्रधानमन्त्रीका उम्मेदवार शेरबहादुर देउवाले व्यक्तिगत रूपमा १० मिनेट जतिमा जवाफ फर्काए भने बहिर्गमित हुन लागेका प्रधानमन्त्री पुष्षकमल दाहालले त झनै व्यक्तिगत रूपमा लिँदै हरेक सन्दर्भमा ठाडै जवाफ फर्काए ।

संसद वैठकमा बोल्दा कसैले पनि आपसमा सम्बोधन गर्न अथवा कसैलाई प्रत्यक्ष सम्बोधन गरेर बोल्न पाइँदैन । यसो गर्नु शिष्टाचार र मर्यादा विपरित मानिने संसद नियमावलीमै उल्लेख छ । कसैलाई सम्बोधन गर्न परेमा वा कसैको विचार खण्डन या समर्थन गर्दा सम्बोधन गर्नुपरेमा सभामुख मार्फत मात्र गर्न पाइन्छ । तर यस कुरालाइ सबै नेताले खिल्ली उडाए ।

लेखक : GS

Loading...