भरतपुरका फैसला अब २८ गते, यथास्थितिमा राख्न अन्तरिम आदेश

supreme-court-nepalकाठमाडौ, २२ जेठ

बहुचर्चित भरतपुरको वडा नं १९ मा पुनः मतदान गर्ने वा मतगणना गर्ने भन्ने विषयमा अब सर्वोच्चले जेठ २८ मा मात्र फैसला गर्ने भएको छ । सोमबार  सर्वोच्च अदालतका न्यायधीश चोलेन्द्र शम्सेर राणाको एकल इजलाशले  भरतपुर महानगरपालिकामा पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।

सोमबार दिएको अन्तरिम आदेशमा जेठ २८ गते रिट निवेदक, विपक्षी निर्वाचन आयोग र चितवनका मुख्य निर्वाचन अधिकृतसहित सबैलाई छलफलका लागि बोलाइएको छ । जेठ २८ गते संयुक्त इजलाशमा हुने सुनुवाईका आधारमा भरतपुरमा पुन मतदान गर्ने वा नगर्ने भन्ने बिषयमा निर्णय हुनेछ ।

भरतपुर महानगरपालिकाको वडा नम्बर १९ को मतगणना भइरहेका बेला  जेठ १४ गते मध्यरातमा मतपत्र च्यातिएको थियो । उक्त प्रकरणामा निर्वाचन आयोगले पुन मतदान गर्ने निर्णय गरेको थियो। आयोगको उक्त निर्णयको विरोधमा आइतबार अधिवक्ता तुलसीराम पाण्डे नेकपा एमालेका वडा सदस्यका उम्मेदवार गुञ्जमान विकले सर्वोच्चमा रिट दायर गरेका थिए।

लेखक : GS

Loading...