अनिश्चयका तीन दिन

काठमाडाैं, २१ जेठ

images_cms-image-000023839प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिएपछि आइतबारका लागि ताेकिएको नयाँ प्रधानमन्त्री चयनको प्रक्रिया पुनः मंगलबारका लागि सरेको छ । दाहालको राजीनामा दिएपछि उनी नै प्रस्तावक बसेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदका लागि मनोनयन दर्ता गरेका छन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले भरतपुरको १९ नं वडाकाे मत गणना पुनः जारी गर्नुपर्ने माग गर्दै संसद अवरोध गर्दै आएपछि देउवा प्रधानमन्त्री बन्ने दिन लम्बिएको हो । देउवालाइ सत्ता साझेदर दलहरू नेपाली कांग्रेस,  माओवादी केन्द्र, फोरम लोकतान्त्रिकबाहेक आइतबारमात्रै उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम र राप्रपाले समेत समर्थन गर्ने घोषणा गरेका थिए ।

तर, आइतबार एमालेले संसद सुचारु गर्न अस्वीकार गरेका कारण मंगलबारसम्म देउवाको सत्तारोहण लम्बिएको हो । प्रमुख प्रतिपक्षी दल एमाले सर्वोच्च अदालतको फैसला पर्खँदै छ । सर्वोच्च अदालतमा चितवनको भरतपुर महानगरपालिका–१९ मा निर्वाचन आयोगको पुनमतदान गराउने निर्णय बदर गर्न माग गर्दै  रिट निवेदन दिइएको छ ।
भरतपुरको मतगणना अन्तिम चरणमा पुगेका अवस्थामा यही जेठ १४ गते राति (माओवादी केन्द्रका २ जना प्रतिनिधिले ९० मतपत्र च्यातेपछि मतगणना रोकिएपछि आयोगले पुनः निर्वाचन गराउने निर्णय गरेको छ ।

 

 

लेखक : GS

Loading...